काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरु पनि समावेश  गरेको छ । 

समावेश गरिएका अस्पतालहरुको सूचि आफ्नो वेभसाइटमा हेर्न सकिने बैंकले जनाएको छ । 

सनराइज बैंकले दिँदै आएको स्वास्थ्य योजनाअनुसार बैंकका बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्नसक्ने छन् । 

बिगतका योजनाअनुसार बर्षमा एकपटक बीमा दाबी गर्न सकिन्थ्यो भने चैत १, २०७५ सालदेखि ग्राहकको सुुविधालाई मध्यनजर गर्दै वर्षमा ३ पटकसम्म बीमा दाबी गर्नसक्ने सुविधा थपिएको छ । 

साथै सनराइज बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट पाउँदै आएका छन् । 

यसअघि सनराइज बैंकले भारतको अपोलो हस्पिटल, बिएलके सुपर स्पेसियालिटी, नानाभति सुपर स्पेसियालिटी हस्पिटलसँग पनि सम्झौता गरिसकेको छ । बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्ड ग्राहकले यी अस्पतालको विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिसकिएको बैंकको प्रष्टोक्ति छ ।