काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आज(चैत २० गते)देखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुलाएको छ । 

अधिकांश वाणिज्य बैंकहरुको ऋणपत्र नबिकिरहेको बेलामा सनराइजको पनि ऋणपत्र बजारमा आएको हो । 

बैंकको ऋणपत्रको आकार अन्य वाणिज्य बैंकको तुलनामा सानो रहेकोले बिक्री हुने संभावना देखिन्छ । 

बैंकले १००० दरका ५ वर्षे ऋणपत्र निश्कासन गरेको हो । 

ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याज पाइने र ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

कुल १ अर्बको ऋणपत्रमध्ये ४० प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरका युनिट सर्वसाधारणका लागि र बाँकी रहेको ६० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ ।

आजदेखि खुलेको ऋणपत्रमा छिटोमा चैत २५ गते र ढिलोमा बैशाख १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ  ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम ४ लाख युनिटसम्मका लागि आवेदन दिन सक्नेछन् ।