काठमाण्डौ । सनराइज बैंक लिमीटेडले गत चैत २० गतेदेखि निश्कासन गरेको पाँच वर्षे ऋणपत्रमा अत्यन्त न्यून आवेदन परेको छ । 

यो कम्पनीले निश्कासन गरेको ऋणपत्रमा बुधबारसम्म ५६९ जनाले ६१ हजार ९७५ युनिट खरीदका लागि आवेदन दिएका छन् । 

कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुलाएकोमा ४० प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरका युनिट सर्वसाधारणका लागि र बाँकी रहेको ६० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ ।

यसरी हेर्दा सर्वसाधारणतर्फ ६ करोड १९ लाख ७५ हजार रुपैयाँ बराबरको ऋणपत्र मात्र बिक्री भएको हो । 

बैंकले १००० दरका ५ वर्षे ऋणपत्र निश्कासन गरेको हो । 

ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याज पाइने र ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

ऋणपत्रमा ढिलोमा बैशाख १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ  । यसको अर्थ ऋणपत्रमा आवेदन दिने समय अब ७ दिन पनि बाँकी छैन । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम ४ लाख युनिटसम्मका लागि आवेदन दिन सक्नेछन् ।