काठमाण्डौ । सनराइज बैंकले आफ्नो १२ औं वार्षिकोत्सव अवसर र नेपालीहरुको महान चाँड दशैंलाई मध्यनजर गरी निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ । 

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्यूनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा दशैंको टिकाको दिन अर्थात असोज २१ गते मंगलबार संचालन गर्ने प्रष्ट्याएको छ । 

‘सनराइज दशैं, यात्रा हामी सँगसँगै’ भन्ने नाराको साथ बैंकले काठमाण्डौको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ । 

बैंकका अनुसार बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् । 

बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधाहरmमा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।