काठमाण्डौ  । सनराइज बैंक लिमिटेडले निष्कासन गरेको रु ३ अर्ब रुपैयाँको ऋणपत्रमा खरिद आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ ।

बैंकले गत कात्तिक २० गतेदेखि ऋणपत्र निष्कासन गरेको छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट गत असोज २९ गते निष्कासन अनुमति पाएपछि बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरका ३० लाख इकाइ ऋणपत्र जारी गरेको हो ।

गत भदौ २३ गते बैंकले ८ वर्ष अवधिको ‘१०.२५% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न सेबोनसँग अनुमति मागेको थियो । कुल इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५% ब्याजदर पाउनेछन् । यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।