काठमाण्डौ ।  सनराइज बैंकले भ्याली एक्सप्रेस रेष्टुरेन्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १०% छुट योजना ल्याएको छ । 

यस योजना अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट÷ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल  टर्मिनल मार्फत वा  मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर कोडमार्फत  भ्याली एक्सप्रेस रेष्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १०% नगद छुट प्राप्त गर्न सक्नेछन् ।

उल्लेखित योजना अनुरुप सन्राइज बैंकका ग्राहकहरुले माघ २, २०७६ देखि दुई महिनासम्म भ्याली एक्सप्रेस रेष्टुरेन्टका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुरस्थितका शाखाहरुबाट १० % नगद छुट प्राप्त गर्न सक्नेछन् ।

१५२ एटिएम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक भएको दाबी गरेको छ ।