काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 
आज बिहीबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का  प्रमुख विवेक निरौलाले  संयुक्त रुपमा बैंकिङ्ग सेवाका प्रतिनिधि ममता कुमारी चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे उद्घाटन गरे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । 
हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएममार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।