काठमाण्डौ ।  डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहक महानुभावहरुको लागि सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकर्न मेनिया’ नामक योजना ल्याएको छ । 
भोलि फाल्गुन २ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्र्र्तगत सनराइज बैंकका ग्राहकले क्यूएफएक्स सिनेमाका सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् । 
यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी क्यूएफएक्स सिनेमास्थित पोइन्ट अफ सेल्स टर्मिनल मार्फत भुक्तानी गर्नु पर्नेछ । प्रति कारोबार अधिकतम पाँचवटा सम्म पपकर्न  निःशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ । सनराइज बैंकले केहि वर्ष अगाडी पनि क्यूएफएक्स सिनेमाका २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो । 

गत सोमबार आयोजित एक कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वेष्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।