काठमाण्डौ । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिल गंगा आँखा अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केही मानिसमा देखिएको परिप्रेक्ष्यमा त्यसको जोखिम बढेको हुदाँ   विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भूूमिका सराहनीय रहेको उल्लेख गर्र्दै बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पीपीई  दिएको बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आज सोमबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५०० थान माक्स हस्तान्तरण गरे । साथै तिल गंगा आखाँ अस्तपतालमा पनि ५ थान पिपिइ बंैकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराइएको दाबीसमेत गरेको छ  र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बताएको छ ।