काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट  खरिद गर्दा २२% सम्म छुट र क्यास ब्याक दिने व्यवस्था गरेको छ। 

ग्राहकको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि सनराइज बंैकको क्यूआर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद तथा ब्लड टेस्ट फ्रम होम सुविधा लिने ग्राहकलाई १२ प्रतिशत छुट र १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्नेछ। त्यसका साथै ग्राहकले बैंकको कार्ड वा क्यू.आर कोड प्रयोग गरी आवश्यक मेडिकल किटजस्तै मास्क, पन्जा, सेनिटाइजर, स्प्रे तथा अन्य सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पनि पाउन सक्नेछन्। 

अवस्थाको जटिलता तथा ग्राहकको सहजता, सुविधा र सुरक्षालाई ध्यानमा राखेर बैंकले काठमाण्डौ आर्गेनिक, नेप मेड्स प्रालि, मेरो किराना र फुडमाण्डुमा आवश्यक सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक पाउन सक्ने व्यवस्था गरेको छ।

घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बैंकले ग्राहकलाई आग्रह गरेको छ। साथै  बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिएम नेटवर्क, अनलाइन बैंकिङ सेवाका साथै केही नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ।