काठमाण्डौ। कोरोनाभाइरसले देशव्यापी माहामारीको रुप लिइरहेको अवस्थामा आफ्नो कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दैे सनराइज बैंक लिमिटेडले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको छ।  

यस कोभिड–१९ बीमाअन्तर्गत प्रत्येक कर्मचारीको रु. १ लाख रुपैयाँबराबरको सामूहिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्पmत गरिएको छ। बीमा लेख सम्झौताअनुसार बैंकको कर्मचारीहरुमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ। 

यस बीमा सम्झौताले आफ्ना कर्मचारीको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ। 

बैंकले कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जा, सेनिटाइजरजस्ता अतिआवश्यक सुरक्षा सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ।