काठमाण्डौ । सनराइज बैंक लिमिटेड शाखा विस्तारमा आक्रामक देखिएको छ।

बैंकले आफ्ना ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यले आइतबार एकैदिन चार शाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले डिजिटल उद्घाटन समारोहमार्फत ती शाखा र विस्तारित काउन्टरको उद्घाटन गरेका हुन्। 

नेपाली जनतामाझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल र कुमारीगालमा शाखा तथा हरिसिद्धिमा विस्तारित काउन्टर सुरु गरेको हो। कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपाय अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

कोभिड–१९ महामारी फौलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितिको जटिलतालाई मध्यनजर गर्र्दै डिजिटल माध्यममार्पmत ती शाखा र विस्तारित काउन्टरको उद्घाटन गरेको हो। आफ्ना शाखाहरुमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न, सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको बैंकले जनाएको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटोछरितो तथा चुस्तदुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

हालसम्म सन्राइज बैंकले १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ सेवा, १० वटा विस्तारित काउन्टर र १६० वटा एटीएममार्फत आफ्ना करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ, विस्तारित काउन्टर र एटीएम सञ्चालन गर्ने योजना रहेको जनाएको छ।