काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

गत शुक्रबार आयोजित कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा मालिका गाउँपालिका अध्यक्ष  रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष  शोभाखर गिरीको उपस्थितिमा उद्घाटन  भएको छ ।  

सोही कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडलको सभाअध्यक्षतामा विशिष्ट अतिथि र प्रमुख अतिथिद्वारा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे कार्यक्रम सञ्चालन भएको बैंकले जानकारी दिएको छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ । 

हालसम्म सनराइज बैंकले १३४ वटा शाखा,४९ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटीएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।