काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२० ह्याकिङ र साइबर हमलाको सम्भावना झनै बढ्न सक्ने देखिएको छ ।

आईटी सेक्युरिटी फर्म सेक्राइटको रिपोर्टअनुसार नयाँ वर्ष २०२० मा ८ तरिकाका साइबर हमला हुन सक्ने खतरा औंल्याइएको हो । कम्पनीले डिपफेक, एडवान्स्ड पर्सिस्टेन्ट थ्रेट, रैनसमवेयर र वेब स्किमिङजस्ता भाइरस तथा प्रोग्रामको मद्दतले साइबर हमला हुन सक्ने जनाएको छ ।

सन् २०२० मा ह्याकर्स र साइबर अट्याकलाई मूर्त रुप दिनेहरु आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर सरकारी निकाय तथा आम मानिसलाई समस्यामा पार्न सक्ने बताइएको छ ।

सम्भावित साइबर अट्याक्समा प्रयोग हुने प्रोग्रामहरु यस्ता छन् –

वर्म : यो एक तरिकाको म्यालिसियस प्रोग्राम हो । जुन कुनै नेटवर्कमा आफैँ प्रवेश गर्न सक्छ । यो प्रोग्रामलाई कुनै नेटवर्कमा प्रवेश पाउन मानिसको सहयोग चाहिँदैन । वर्म भाइरसजस्तै सिस्टमलाई नोक्सानी पुर्याउँछ । यसले सेक्युरिटी सिस्टमलाई बिगारेर संवेदनशील जानकारी चार्ने क्षमता राख्छ । यसले मोबाइल र कम्प्युटरमा रहेका फाइलहरु करप्ट गर्न सक्छ । यसले सिस्टमको रिमोट एक्सेसका लागि ब्याक डोर तयार गरिदिन्छ, जसको मद्दतले अन्य भाइरस पनि सजिलै प्रवेश पाउन सक्छन् ।

वेब स्किमिङ अट्याक : सन् २०१९ मा वेब स्किमिङका माध्यमबाट  हजारौँ वेबसाइटमार्फत थुप्रै मानिसको पेमेन्ट डिटेल चोर्ने काम भएको थिो । यो स्किमिङ प्रविधिबाट सन् २०२० मा पनि मानिसको पेमेन्ट डिटेल कम्प्रोमाइज गर्नका लागि नयाँ सफ्टवेयर बनाउने काम भइरहेको छ ।

डिपफेकबाट साइबर फर्ड : डिप लर्निङ टेक्नोलोजीबाट बनेको डिपफेक साइबर हमलामा प्रयोग गरी फर्जी खबर फैलाउने र साइबर फर्ड गर्नका लागि प्रयोग गरिन्छ । यो पनि सन् २०२० मा अत्याधिक प्रयोग हुने सम्भावना रहेको छ ।

एडवान्स्ड पर्सिस्टेन्ट थ्रेट : यो एउटा निकै गम्भीर तरिकाबाट साइबर हमला गर्ने माध्यम हो । जसमा थुप्रै खतरनाक प्रविधि कुनै कम्प्युटर नेटवर्कको अनाधिकृत एक्सेस बनाउँछ र लामो समयसम्म सिस्टममा लुकेर बस्न सक्छ । यो थ्रेट छिटै डिडेक्ट गर्न सकिँदैन । सन् २०२० मा ट्रान्सपोर्टेसन नेटवर्क, पावर प्लान्ट र टेलिकम सिस्टममा यस किसिमको थ्रेटको खतरा रहेको छ । यसबाट ठूलो संख्यामा डाटा चोरी हुने सम्भावना छ ।

एमएस अफिसमा छेडछाड : माइक्रोसफ्टले आफ्नो अफिस सुटको सुरक्षामा निकै कडाइ गरेको छ । यसका बाबजुद पनि म्याक्रोजको मद्दतबाट यसमा छेडछाड गर्ने सम्भावना रहेको छ । यो भाइरसको सफ्टवेयरमा हाल्न बजारमा थुप्रै तरिकाका टुटहरु फ्रीमा पाइन्छ ।

विन्डोज ७ मा बढ्न सक्छ हमला : सन् २०२० जनवरी १४ मा माइक्रोसफ्ट विन्डोज ७ को सपोर्ट हटाउने तयारी गरिरहेको छ । यसपछि यो भर्जनमा कुनै पनि साइबर हमला गर्न निकै सजिलो हुनेछ । गत त्रैमासमा ६७ प्रतिशत साइबर हमला विन्डोज ७ वाला सिस्टममा भएको पाइएको छ । सन् २०२० मा यो संख्या अझै बढ्न सक्छ ।

रैनसमवेयर से क्लाउड अट्याक : सन् २०२० मा मानिसका कम्प्युटर र महत्वपूर्ण नेटवर्कमा घुसपैठ गर्नुका साथै साइबर हमला रैनसमवेयरमार्फत क्लाउडमा स्टोर गरिएका डाटा चोरी गर्नेतर्फ पनि पाइला अगाडि बढाउन सक्छ । 

लोलबिल प्रविधि : लिभिङ अफ द ल्यान्ड प्रविधिमार्फत अपरेटिङ सिस्टममा बायनरी कोड हाल्छ सकिन्छ । साइबर अपराधमा यो प्रविधिको प्रयोग गरेर कम्प्युटरमा घुसपैठ गर्ने गरिन्छ । एन्टी भाइरस यसलाई पहिचान गर्नका लागि बिहेवरल बेस्ढ डिटेक्सनको प्रयोग गर्छन् । – एजेन्सी