काठमाण्डौ । लग्जरी कार निर्माण कम्पनी अडीले भारतमा सन् २०२० को सुरुआतमै आफ्नो पहिलो पूर्ण रुपले ब्याट्रीबाट चल्ने एसयूबी ई–टर्न कार बजारमा ल्याउने तयारी गरिरहेको छ ।

भारत सरकारका तर्फबाट ई–ह्विल्सलाई बढावा दिने नीतिलाई मध्यनजर गर्दै अडी कम्पनीले ई–टर्न छिटोभन्दा छिटो भारतमा लन्च गर्न लागेको हो । भारतमा अर्को वर्ष अप्रिलदेखि लागू हुने बीएस–६ नियमलाई ध्यानमा राखेर अडीले भारतमा पेट्रोल, हाइब्रिड र ब्याट्रीबाट चल्ने कारमा बढी ध्यान दिन थालेको छ । कम्पनीले अब डिजेलबाट चल्ने कारलाई त्यति धेरै महत्व नदिने र डिजेल कार उत्पादनमा कम गर्दै जाने सोच बनाएको छ ।

अडी निर्वतमान भारत प्रमुख राहिल अन्सारीले सन् २०२० को सुरुआतमै ई–टर्न कारलाई लन्च गर्दै हाइब्रिड इलेक्ट्रिक कार र पेट्रोल कारलाई अगाडि बढाइनेछ । उनका अनुसार कम्पनीको डिजेल कारभन्दा पेट्रोल कारको माग बढिरहेको महसुस भइरहेको छ ।

अन्सारका अनुसार यसअघि कम्पनीको कुल उत्पादनको १० प्रतिशतमात्र पेट्रोल कारले ओगटेको थियो । तर यो वर्ष पेट्रोल कारले कुल उत्पादनको ४० प्रतिशतसम्म ओगटिसकेको छ । ‘अब अर्को वर्ष अडी इन्डियाको इतिहासमा पहिलोपटक पेट्रोल कारको सेयर डिजेल कारभन्दा बढी हुनेछ’, उनले भने ।

भारतमा अटो सेक्टरमा मन्दी छाएकोले अडी कम्पनीको आशंका छ कि अर्को वर्ष पनि कार बिक्रीमा सुस्तता छाउनेछ । कम्पनीले बीएस–६ मानक लागू गर्दै जाने भएकोले सन् २०२१ सम्ममा कारको माग पुनः बढ्ने आशा गरिएको जनाएको छ । – एजेन्सी