काठमाण्डौ । अन्तर्राष्ट्रिय ऊर्जा नियोग (आईईए) ले लामो समयपश्चात पहिलोपटक विश्वमा तेलको माग घट्ने प्रक्षेपण गरेको छ।

आईईएले विश्वभर कोरोना संक्रमणको मामिला बढ्दै जानु र हवाई क्षेत्रमा संकट यथावत नै रहनुले तेलको माग घट्ने प्रक्षेपण गरेको हो। आईईएले आफ्नो मासिक प्रतिवेदनमा सन् २०२० मा विश्वमा तेलको माग प्रतिदिन ९१.१ मिलियन ब्यारेल हुने उल्लेख गरेको छ। यसका साथै आईईएले वर्षैपिच्छे तेलको माग ८.१ मिलियन ब्यारेलका दरले घट्दै जानेसमेत जनाएको छ। 

अहिले संशोधित गरेको अनुमान आईईएले पहिले गरेको अनुमानभन्दा प्रतिदिन १ लाख ४० हजार ब्यारेल कम हो। यस्तै आईईएले सन् २०२१ का लागि गरेको अनुमानमा प्रतिदिन २ लाख ४० हजार ब्यारेल घटाउँदै प्रतिदिन ९७.१ मिलियन ब्यारेल माग हुने अनुमान गरेको छ। 

आईईएले यो अवधिमा जेट इन्धनको मागलाई मुख्य कमजोरीका रुपमा पनि पहिचान गरेको छ। – एजेन्सी