काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गत पुस १३ गते सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।

बीमित स्व. केवलप्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क रु.४८७६४।–भुक्तानी गरी ५ लाख बीमांकको जीवनबीमा गर्नुभएकोमा एक कार्यक्रमका बीच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती तीला बस्नेतलाई रु. ५ लाख १७ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा सल्यान जिल्लामा बिमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ । गोरखबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कम्पनीका महाप्रबन्धक गौतम हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन दाङ शाखा प्रबन्धक मोतीलाल भट्टराईले गर्नुभएको थियो।

कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै महाप्रबन्धक गौतमले जीवनबीमाको महत्ववारे प्रकाश पार्नुभएको थियो ।