काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार बाँकेको बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै महाप्रबन्धक गौतमले जीवनबीमाका महत्वबारे प्रकाश पार्नुभएको भएको थियो ।

सोही अवसरमा स्थानीय पर्यटकीयस्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनसमेत सबैलाई आग्रह गरिएको थियो ।