काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमीटेडले निकै राम्रो प्रगति  विवरण पस्किएको  छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा यो  बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकमा तीव्र सुधार गरेको हो । 

बैंकले खूद नाफातर्फ ४९.२८ प्रतिशतको हाराहारीमा प्रगति गरेको छ भने अन्य सूचक पनि मजबुत बनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो बैंकको खूद नाफा १ करोड ६६ लाख रुपैयाँ रहेकोमा बढेर यो वर्ष २ करोड ४८ लाखको उचाईमा पुगेको हो ।

बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी ४ करोड ९९  लाखबाट बढेर ७ करोड ८ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ अर्ब १८ करोड निक्षेप संकलन गरी १ अर्ब २२ करोड कर्जा परिचालन गरेको छ । १ अर्ब २२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ८५ करोड ७ लाख निक्षेप संकलन गरी ७६ करोड ७२ लाख कर्जा परिचालन गरेको  थियो । 

बैंकले संचालन नाफातर्फ समेत करिब ४८ प्रतिशतले फड्को मारेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ०.७९ प्रतिशत रहेको निस्क्रिय कर्जा घटाएर ०.५ प्रतिशतमा झारेको छ भने चुक्तापूँजीको वृद्धि अनुसार नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी(वार्षिकीकृत) १०.५२ रुपैयाँबाट घटेर ६.५२ रुपैयाँमा सीमित बन्न पुगेको छ ।

यो बैंकले अघिल्लो वर्ष २१ करोड रहेको चुक्तापूँजीलाई बढाएर यो वर्ष ५० करोडको उचाईमा पुर्याएको छ । बैंकले रिजर्ब कोषलाई समेत २ करोड ७२ लाखबाट बढाएर ४ करोड ६४ लाखको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०९.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.२१ गुणा कायम भएको छ ।