काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले चुक्तापुँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३.६८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।