काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। 

बैंक सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ। जसअनुसार बैंकको वार्षिक साधारसभा आउँदो चैत ३० गते आइतबार विराटनगरस्थित उद्योग संगठन मोरङमा हुनेछ। 

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३.६८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ। बोनस सेयर वितरणपछि हुने चुक्तापुँजीका लागि बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३  जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक चयन हुनेछन्। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले चैत १० गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।