काठमाण्डौ । शाखा बिस्तारको क्रमलाई निरन्तरता दिंदै जनता बैंक नेपाल लिमिटेडको बैशाख ३१ गतेदेखि रुपनी शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । 

सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं. १ मा रहेको यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीतिअनुसार खोलिएको हो ।

सप्तरी जिल्लाको ग्रामीण क्षेत्रका साविकका ६ गा.वि.स. समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्नेछ । साथै यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जीवनस्तर सहज बनाउन सक्नेछन् भन्ने बैंकले अपेक्षा लिएको छ । 

यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११० पुगेको छ भने बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।