काठमाण्डौ । एनएमबी बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११० औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमाभित्रै बैंकले देशका बिभिन्न स्थानीय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेका स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो । यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा, ४ एक्सटेन्सन काउण्टर तथा ९६ एटिएम पुगेको छ ।