काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले सप्तरीको सप्तकोशी नगरपालिका वडानम्बर १ स्थित फत्तेपुरमा शाखा स्थापना गरी औपचारिक संचालनमा ल्याएको छ । 

सोमबार एक कार्यक्रमका बीच बैंकले फत्तेपुर शाखाको विधिवत उद्घाटन गरेको हो । सप्तकोशी नगरपालिकाका मेयर उत्तरकुमार शर्माले सो शाखाको उद्घाटन गरेका थिए । 

शर्माले दुर्गम र ग्रामीण भेगमा आफ्नो उपस्थिति सवल बनाउने अभियानमा रहेको एनआइसी एशिया बैंकको प्रशंसा गरेका थिए । 

हाल एनआइसी एशिया बैंकका देशभर २७७ शाखा रहेका छन् । यो बैंकको मुलुकभर २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल समेत रहेको छ ।