काठमाण्डौ । एनआइसी एशिया बैंकले सप्तरीको महादेवा गाउँपालिकामा शाखा स्थापना गरी औपचारिक उद्घाटन गरेको छ । 

बैंकले महादेवा गाउँपालिका वडानम्बर ६ स्थित शाखाको सो गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले फागुन २८ गते एक समारोहका बीच उद्घाटन गरेका बैंकले जनाएको छ । 

एनआइसी एशिया बैंकले हालसम्म २७७ शाखा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । यो बैंकको देशभर २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ । 

करिब १४ लाख ५० हजार ग्राहक बैंकमा आबद्ध छन् ।