काठमाण्डौ। सप्तरी जिल्लाका थप १६ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ। यीसँगै सप्तरीमा संक्रमितको संख्या संख्या ९३ पुगेको छ।

बलान बिहुल गाउँपालिकाका १६ जना संक्रमित थपिएको पुष्टि हो। जिल्ला स्वास्थ्य कार्यालय सप्तरकिा अनुसार संक्रमित हुनेहरुमा बलान बिहुल गाउँपालिका वडा नं. २, ३, ४ र ५ का १ महिला र १७ पुरुष छन्। 

सबै संक्रमितलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन्।