काठमाण्डौ । जीवनमा सफलता मेहनत गरेर मिल्छ कि भाग्यले, यो एउटा लामो बहसको विषय बन्न सक्ला । तर केही कुरा यस्ता हुन्छन्, जुन प्रत्येक सफल कारोबारीले आफ्नो जिन्दगीमा मजबुतीका साथ पालना गरिरहेका हुन्छन् ।

सधैँ नयाँ केही गर्न र सक्रिय रहनका लागि आवश्यकता छ कि तपाइँ जिन्दगीमा तपाइँकै नियन्त्रण होस् । आउनुहोस् यी ५ मन्त्रबारे चर्चा गरौँ, जुन धेरैजसो सफल मानिसले आफ्नो जिन्दगीमा लागू गरिरहेका छन् र कामयाबीको शिखर चुमिरहेका छन् ।

१. कार्यतालिका आवश्य बनाउनुहोस्, त्यसलाई पालना गर्नुहोस्
सफल मानिस आफ्नो हरेक दिनको पूर्ण कार्यतालिका बनाउँछन् । उनीहरुलाई बिहान उठेदेखि नै थाहा हुन्छ कि कतिखेर के गर्ने । यदि तपाइँ प्रविधिमैत्री हुनुहुन्छ भने तपाइँ डिजिटल क्यालेन्डरको प्रयोग पनि गर्न सक्नुहुन्छ । वा तपाइँ लेख्न बढी रुचाउनुहुन्छ भने तपाइँ क्यालेन्डरको हार्डकपी साथमा लिएर हिँड्नुहोस् । 

तपाइँले एक दिनअगावै भोलि गर्ने कामहरुको तालिका अवश्यक बनाउनुपर्ने हुन्छ। भोलिको मिटिङ, अप्वाइन्टमेन्ट, प्रोजेक्टबारे छलफल आदि हुने गतिविधिबाट अघिल्लो दिनै लेखेर राख्नुहोस् । यसले तपाइँलाई थप व्यवसायिक बनाउँछ । 

२. व्यायाम आवश्यक गर्नुहोस्

आफ्नो कार्यतालिकमा व्यायामको समय पनि समावेश गर्नुहोस् । सफल मानिस आफ्नो शारीरिक तुन्दुरुस्त र फुर्तिलो राख्छन् । व्यायामले स्वास्थ्य लाभमा निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ भन्ने कुरा जगजाहेर नै छ ।

हरेक दिन थोरै समय व्यायामका लागि छुट्याउनुहोस् । यसका लागि तपाइँ दौडिने, जिममा जाने वा योगा गर्नेजस्ता गतिविधि गर्न सक्नुहुन्छ। व्यायामका आफ्नो सुविधाको हिसाबले समय छनोट गर्नुहोस् ।

३. काम विस्तारै गर्नुहोस्, तर राम्रो गर्नुहोस्

सफल मानिसलाई थाहा छ कि उनीहरु कहिले रोकिनुपर्छ । कुनै काम गलत गर्नुभन्दा त्यसलाई विस्तारै गरेर राम्रो गर्नु नै उत्तम मानिन्छ। त्यसैले यदि काम गर्दागर्दै तपाइँलाई लाग्छ कि अब रोक्नुपर्छ भने तपाइँ रोकिनुहोस् र बाँकी काम भोलि गर्नुहोस् ।

यदि तपाइँलाई निकै थकान लागेको छ भने पनि काम बन्द गरेर आराम गर्नुहोस् । काम गर्नका लागि आराम पनि निकै जरुरी हुन्छ ।

४. आफ्नो ख्याल गर्नुहोस्

सफल मानिस सबैभन्दा पहिला आफ्नो ख्याल राख्छन् । तपाइँको शरीरका बारेमा तपाइँभन्दा बढी अरु कसैले पनि जानकारी हुँदैन । सधैँ खुसी रहनुहोस् र आफ्नो मनको कुरा सुन्नुहोस् ।

५. परफेक्सन (पूर्णता) को पछाडि नलाग्नुहोस्

यो कुरा याद राख्नुहोस् कि जीवनमा कुनै पनि चिज परफेक्ट हुँदैन । त्यसैले परफेक्सनको पछाडि नलाग्नुहोस् । यदि तपाइँ परफेक्सनको पछाडि लाग्नुभयो र त्यो पाउन कठिन हुन्छ भने तपाइँ आफैँ असफल भएको महसुस गर्नुहुनेछ । 

यसैले व्यवहारिक सोचका साथ लक्ष्य निर्धारण गर्नुहोस् । सफल मानिस परफेक्ट हुँदैनन् । उनीहरु त केबल यति राम्रो गर्न सक्छन्, त्यति नै गर्छन् । यसरी तपाइँ आफ्नो जीवन राम्रो र सफल बनाउन सक्नुहुन्छ ।– एजेन्सी