काठमाण्डौ । आम रुपमा कारोबारमा सफल हुनका लागि कुनै उद्यमीलाई दिनरात मेहेनत गर्ने सल्लाह दिइन्छ । तर, कसैले तपाईलाई सफल हुनका लागि प्रत्येक दिउँसोको अधिकांश समय आराम गर्न आवश्यक छ भन्यो भने तपाई के भन्नुहुन्छ ?सायद तीनछक्कै पर्नुहोला । 

तर, जाटफर्मका सीइओ एटकिन ट्याङ्कले इन्टरप्रेनियर डटकममा लेखेको आर्टिकलमा चितुवालाई उदाहरण दिंदै यस्तो सल्लाह दिएका छन् । 

त्यो आर्टिकलमा भनिएको छ कि चितुवा धर्तिमा सबैभन्दा तीव्र गतिमा दौडनसक्ने प्राणी हो । यसले तीन सेकेण्डमा आफ्नो स्पीडलाई ० देखि ६० माइल प्रतिघण्टामा रुपान्तरण गरिदिनसक्छ । 

तर, जब चितुवाले शिकार गरिरहेको हुँदैन, तब उसले आफ्नो कमभन्दा कम शक्ति मात्र खर्च गरिरहेको हुन्छ ।

शोधकर्ताका अनुसार चितुवाले औसतमा प्रत्येक दिन २००० क्यालोरी शक्ति खर्च गर्ने गर्छ । जुन एक मानिसको बराबर हो । यस्तो यसकारण हुन्छ कि चितुवाले शिकार गर्दा मात्र आफ्नो ज्यादातर शक्ति खर्च गर्छ । यसको अर्थ शिकार गर्ने बाहेकको समय उसले आराम गरेर शक्ति सञ्चय गर्छ ।

एटकिनले भनेका छन् कि उनले कारोबार थालेपछिको सुरुवाती १२ वर्षसम्म उनले सोच्थे कि दैनिक कमसेकम १६ घण्टा काम गर्न जरुरी हुन्छ । 

‘समयसँगै मैले सिकेँ कि व्यस्त हुनु र सफल हुनुबीचमा धेरै ठूलो अन्तर हुने रहेछ । तथापि, अहिले समेत कतिपय मानिसहरु दिनभर व्यस्त हुन्छन् ।

जसका कारण उनीहरुले निकै धेरै तनाव र थकान महसुस गर्छन् । काम र आरामबीच सन्तुलन मिलाएर मैले यो महसुस गरेँ कि यसले हाम्रो उत्पादनशीलता निकै बढ्ने रहेछ ।’–उनले भने । 

कामको बीचमा ब्रेक लिए यसले मोटिभेसन मात्र गर्दैन, प्रोडक्टिभिटी र क्रिएटिभिटी समेत बढाउनेछ । तर, आरामको मतबल यो होइन कि तपाईले दिनभर यूट्यूव वा सामाजिक सञ्जालमा मनपरेको कार्यक्रम हेर्नुहोस् । कम्तीमा हप्ताको एक दिन आफूलाई टेक्नोलोजीबाट ब्रेक दिनुपर्दछ । 
(भावानुवाद)