काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्न आज बुधबार अन्तिम मौका रहेको छ ।

लाभांश पारित र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि बिहीबारदेखि बुक क्लोज गर्दैछ । यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले संस्थाद्वारा प्रस्तावित लाभांश पाउनेछन् भने वार्षिक साधारणसभामा पनि भाग लिन योग्य हुनेछन् ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा संस्थाको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँको १३ प्रतिशतले हुन आउने २ करोड १४ लाख ५० हजार रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.६८ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ९४७.३७ रुपैयाँ नदग लाभांश रहेको छ ।

संस्थाले आफ्नो वार्षिक साधारणसभा यही मंसिर २१ डाकेको छ ।