काठमाण्डौ । सबैभन्दा शक्तिशाली देशको राष्ट्रपति भए पनि अमेरिकी राष्ट्रपति बराक ओबामाको तलब विश्वका अन्य राष्ट्रपति वा प्रधानमन्त्रीको भन्दा कम छ । अमेरिकाको एक फाइनान्सियल न्यूज साइटले सन् २०१६ का लागि विश्वमा सबैभन्दा धेरै तलब थाप्ने टप १० नेताहरुको सूचि सार्वजनिक गरेको छ । यो सूचिमा सबैभन्दा धेरै तलब पाउने नेतामा सिंगापुरका प्रधानमन्त्री हाइसेल लुङ पहिलो नम्बरमा छन् । उनले वार्षिक करिब नेपाली २४ करोड रुपैयाँ तलबको रुपमा बुझ्छन् । यो सूचि अनुसार हेरौं विश्वका कुन नेताको तलब कति छ ?

ली हाइसेन लुङ, सिंगापुरका प्रधानमन्त्री
सिंगापुरका प्रधानमन्त्री ली हाइसेन लुङले सबैभन्दा बढी वार्षिक करिब २४ करोड नेपाली रुपैयाँ बराबर तलब पाउने गरेका छन् । हुङ विश्वका सबैभन्दा धेरै तलब पाउने नेताहरुको सूचिको अग्रस्थानमा छन् । उनी विगत ११ वर्षदेखि सिंगापुरको प्रधानमन्त्री रहेका छन् । 

ल्यूङ चुन यिङ, हङकङका चिफ एक्जीक्यूटिभ
हङकङका प्रमुख कार्यकारी ल्यूङ चुन यिङले वार्षिक तलबको रुपमा ७ लाख ६० हजार अमेरिकी डलर प्राप्त गर्छन । यो रकम नेपालीमा करिब ८ करोड १३ लाख रुपैयाँ हुन आउँछ । ल्यूङ चुन यिङ विश्वमा धेरै तलब पाउने नेताको सूचिमा दोश्रो नम्बरमा छन् । उनी विगत ३ वर्षदेखि हङकङका प्रमुख कार्यकारी रहेका छन् । 

जोहानन स्नाइडर अम्मानन्, स्वीट्जरल्याण्डका राष्ट्रपति
स्वीट्जरल्याण्डका राष्ट्रपति जोहानन स्नाइडर अम्माननले प्रति वर्ष तलबको रुपमा नेपाली करिब साढे ७ करोड रुपैयाँ बुझ्ने गरेका छन् । सबैभन्दा धेरै तलब पाउने नेताको सूचिमा उनी तेश्रो स्थानमा छन् । उनले यही वर्ष स्वीट्जरल्याण्डको राष्ट्रपति पद सम्हालेका हुन् । 

बराक ओबामा, अमेरिकी राष्ट्रपति
विश्वकै शक्तिमान राष्ट्र अमेरिकाका राष्ट्रपति बराक ओबामा धेरै तलब पाउने नेताको सूचिको चौथो नम्बरमा छन् । उनलाई तलबको रुपमा वार्षिक ५ लाख २७ हजार अमेरिकी डलर दिइन्छ । यो रकम करिब नेपाली साढे ५ करोड ६३ लाख रुपैयाँ हुन आउँछ । ओबामा सो पदमा विगत ७ वर्षदेखि आसीन छन् । 

मेलकम टर्नबुल, अस्ट्रेलियाका प्रधानमन्त्री
अस्ट्रेलियाका प्रधानमन्त्री मेलकम टर्नबुलले तलबको रुपमा वार्षिक ३.९६ लाख अमेरिकी डलर बुझ्ने गरेका छन् । यो रकम नेपाली करिब ४ करोड २३ लाख हुन आउँछ । उनले गत वर्षदेखि अष्ट्रेलियाको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । 

वेर्नर फेमेन, अष्ट्रियाका चान्सलर
यूरोपियन देश अस्ट्रियाका चान्सलर वेर्नर फेमेनले प्रति वर्ष तलबको रुपमा ४.५२ लाख अमेरिकी डलर प्राप्त गर्छन । यो रकम नेपाली रुपैयाँ करिब ४ करोड ८३ लाख हुन आउँछ । वेर्नर विगत ७ वर्षभन्दा बढी समयदेखि अष्ट्रियाका चान्सलर छन् ।  

जेभियर बेट्टल, लक्जमवर्गका प्रधानमन्त्री
लक्जमबर्गका प्रधानमन्त्री ४३ वर्षीय जेभियर बेट्टल धेरै तलब पाउने नेताको सूचिमा सातौं नम्बरमा पर्छन । उनले वार्षिक तलब ३.३६ लाख अमेरिकी डलर प्राप्त गर्छन । यो रकम नेपाली रुपैयाँ करिब ३ करोड ५९ लाख हुन आउँछ । उनी विगत २ वर्षदेखि लक्जमबर्गका प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् । 

जस्टिन टूड्यू, क्यानडाका प्रधानमन्त्री
क्यानडाका प्रधानमन्त्री जस्टिन टूड्यूलाई वार्षिक तलबको रुपमा ३.३३ लाख अमेरिकी डलर प्राप्त हुन्छ । यो रकम नेपालीमा करिब ३ करोड ५६ लाख रुपैयाँ हुन आउँछ । उनी क्यानडाका युवा र लोकप्रिय नेता हुन् । 

एञ्जेला मार्केल, जर्मनी चान्सलर
जर्मनीकी चान्सलर तथा विश्वकै सबैभन्दा शक्तिशाली महिला एञ्जेला मार्केलले तलबको रुपमा वार्षिक २.४४ लाख अमेरिकी डलर बुझ्ने गरेकी छिन् । यो रकम नेपालीमा करिब २ करोड ६१ लाख रुपैयाँ हुन आउँछ । उनी विगत १० वर्षदेखि जर्मनीको चान्सलर पदमा निरन्तर आसीन छिन् । 

चाल्र्स मिसेल, बेल्जियमका प्रधानमन्त्री

यूरोपियन युनियनको राजधानी बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिसेलले तलबको रुपमा वार्षिक २.३९ लाख अमेरिकी डलर बुझ्छन् । यो रकम नेपाली रुपैयाँ २ करोड ५५ लाख रुपैयाँ हुन आउँछ । उनी विगत १ वर्षदेखि सो पदमा आसीन छन् ।