इलाम साविक माबु गविसका ढालबहादुर गुरुङले २०५४को स्थानीय निकायको चुनावमा स्वतन्त्रबाट गाविस अध्यक्ष जितेको थिए । अहिले सन्दकपुर गाउँपालिका ४ को वडाध्यक्षका प्रत्याशी छन् । उनी त्यतिबेला मंगोल सेनामा आवद्ध थिए । दल दर्ता नभएकोले स्वतन्त्रबाट चुनाव लडे ।

दोस्रो संविधान शभा चुनावमा पनि संघीय समाजवादीका तर्फकबाट क्षेत्र नम्बर ३ को उम्मेदवार बने । 

पहिलो संविधानशभा निर्वाचनमा माओवादी केन्द्रबाट क्षेत्र नम्बर ३ मै उम्मेदवार बनेकी थिइन्, सोममाया राई । अहीले उनी सोही पार्टीबाट इलाम नपा १२ मा उम्मेदवार बनेकी छन् ।

२ वटा संविधानशभा र २ स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका साविक माइपोखरी गाविसका गणेश राई अहिले सन्दकपुर गाउँपालिका १ बाट वडाध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

अघिल्लो संविधानशभामा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका साबिक एकतप्पा गाविसका दिलबहादुर लिम्बू फाकफोकथुम गाउँपालिका ७ मा संघीय समाजवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।