काठमाण्डौ । सार्वजनिक निश्कासनहरुमा सर्वसाधारण लगानीकर्ताको कतिसम्म आकर्षण छ भन्ने कुरा समता माइक्रो फाइनान्सले खुलाएको ९४ लाख ८० हजार रुपैयाँको आइपीओमा पहिलो दिन परेको आवेदनले देखाएको छ । 

बाराको सिमरामा अवस्थित यो कम्पनीको आइपीओमा पहिलो दिन नै मागको तुलनामा ३२ गुणा बढी आवेदन परेको हो । 

यो कम्पनीले १ सय अंकित मूल्यको कुल ९४ हजार ८ सय कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गरेको हो । आइपीओमा पुस १९ देखि २२ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । आवेदन खुलेको पहिलो दिन अर्थात पुस १९ गते नै ३० करोड ३ लाख बढीको आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले जनाएको छ । एनआइबिएल क्यापिटलका एक अधिकारीका अनुसार सार्वजनिक निश्कासनमा पहिलो दिन नै मागको तुलनामा यति धेरै आवेदन संभवत समता माइक्रो फाइनान्सकै आइपीओमा परेको हो । 

देशभरका विभिन्न संकलन केन्द्रबाट पहिलो दिन १३ हजार ३ सय आवेदनहरु परेका थिए । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

यो माइक्रो फाइनान्स कम्पनीले १ हजार ८ सय ९६ कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ४ हजार ७ सय ४० कित्ता १० वटा म्युुचुुल फण्डलाई र बाँकी कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

यो कम्पनीको आइपीओको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेड रहेको छ।

आइपीओको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी हालको २ करोड २१ लाखबाट  ३ करोड १६ लाखको उचाईमा पुुग्नेछ । यो माइक्रो फाइनान्सको अधिकृत पूँजी ५ करोड रुपैयाँको छ । यस्तै, आइपीओपछि कम्पनीमा संस्थापक साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ७० स् ३० प्रतिशतमा रुपान्तरण हुनेछ । 

आवेदन संकलन केन्द्रहरु :
१.एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड, लाजिम्पाट, काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : बद्री प्याकुरेल, ४००५०८०

२.नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु स्पुतलीसडक, लाजिम्पाट, कालीमाटी, बौद्ध, बत्तिसपुतली, ठमेल, पुल्चोक, लगनखेल, सिपाडोल तथा उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति र फोन : बद्री प्याकुरेल, ४००५०८०

३.समता माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेड, सिमरा, बारा तथा सम्पूर्ण शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति र फोन : ०५३-५२१९२१, रोशन गुरुंग

४.भिबोर क्यापिटल लिमीटेड, कृष्णगल्ली, ललितपुर । सम्पर्क व्यक्ति र फोन : सागर तामांग, ५५५४७९३

५.सिबीआइएल क्यापिटल लिमीटेड, डिल्लीबजार काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : सञ्जिव भण्डारी, ४४१७७२३

६.गोर्खाज् फाइनान्स लिमीटेड, डिल्लीबजार काठमाण्डौ तथा शाखा कार्यालयहरु स् बौद्ध, न्यूरोड, सातदोबाटो, सूूर्य्िबनायक, दमक, धरान, इटहरी, नारायगढ र विर्तामोड । सम्पर्क व्यक्ति र फोन : मुकुन्द श्रेष्ठ, ४४३०५२७

७.गुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेड । हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु चावहिल, हेटौडा, वीरगञ्ज र चारआली । सम्पर्क व्यक्ति र फोन : अर्चना प्रधान, ५५३७४०७

८.आइसीएफसी फाइनान्स लिमीटेड, भाटभटेनी काठमाण्डौ तथा शाखा कार्यालयहरु  बौद्ध, मैतीदेवी, गोगंबुु, पेप्सीकोला, न्यूरोड र बनेपा । सम्पर्क व्यक्ति र फोन : नितेश तिवारी, ४४२५२९२

९.सिनर्जी फाइनान्स लिमीटेड, कमलादी काठमाण्डौ । शाखा कार्यालयहरु : गोगंबु, न्यूरोड पोखरा र मिलनचोक बुटवल । सम्पर्क व्यक्ति र फोन : राजेश पुरी, ४४४२४६१

१०.हाम्रो विकास बैंक लिमीटेड, नूवाकोट । सम्पर्क व्यक्ति र फोन : राकेश डंगोल, ०१०५६१७७७

११.साझा विकास बैंक लिमीटेड, धनगढी, कैलाली तथा शाखा कार्यालयहरु : टिकापुर र महेन्द्रनगर । सम्पर्क व्यक्ति र फोन : कमला बजगाई, ०९१५२६००