काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिने भएका छन्।

आपासमा गाभिने सम्बन्धमा आज सोमबार दुवै संस्थाबीच काठमाण्डौमा सैद्धान्तिक समझदारीपत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको छ। गत जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार दुवै संस्थाबीच आपसमा गाभिने सैद्धान्तिक समझदारी भएको समता लघुवित्तले जनाएको छ। 

समता लघुवित्तको बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ मा रजिस्टर्ड कार्यालय रहेको छ। त्यस्तै घरेलु लघुवित्तको काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ मा रजिस्टर्ड कार्यालय रहेको छ। समता नेप्सेमा सूचीकृत कम्पनी हो।

यी दुवै संस्थाबीच १००ः८० सेयर स्वाप अनुपातमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता भएको बताइएको छ। 

यसैबीच आपसमा गाभिने सैद्धान्तिक सम्झौता भएसँगै समताको सेयर कारोबार सोमबारबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रोक्का गरेको छ।