काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर आज शुक्रबार लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ ।

समताले गत असोज २६ गतेदेखि मंसिर १ गतेसम्म आवेदन खुलाएको १०० रुपैयाँ अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयरमध्ये बिक्री हुन बाँकी रहेको १ लाख ६१ हजार ७३८ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको हकप्रद सेयरमा संस्थापक समूहतर्फको ८४ हजार ५९८ र सर्वसाधारणसभा समूहतर्फको ७७ हजार १४० कित्ता रहेको छ ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यसको मतलब आवेदकले १०० रुपैयाँभन्दा बोलकबोल गर्नुपर्नेछ ।

यसैगरी आवेदकले संस्थापक समूहतर्फको सेयर खरिद गर्न न्यूनतम ५ हजार कित्ता र सर्वसाधारणसभा समूहतर्फको सेयर खरिद गर्न न्यूनतम १० कित्ता बोलकबोल गर्नुपर्नेछ । अधिकतम सेयर संख्याका लागि कुनै हद तोकिएको छ ।

लिलामी सेयरका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति पुस २२ गतेसम्म तोकिएको छ । सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।