काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गर्दै समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २५७.८० प्रतिशतले बढाउन सफल भएको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष ७२ लाख रुपैयाँमा सीमित थियो ।

संस्थाले समीक्षा अवधिमा १ करोड ४६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

त्यस्तै दोस्रो त्रैमास संस्थाले ५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यसले संस्थाको व्यवसायिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाले ६० करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ३६ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले रिजर्भको आकार १४२ प्रतिशतले बढाएको छ । गत वर्ष ३ करोड ६७ लाख रुपैयाँ रहेको रिजर्भमा यो वर्ष बढेर ९ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासमा संस्थाको चुक्तापुँजी १९ करोड ११ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष यही अवधिमा ५ करोड ६८ लाख रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी २७.०३ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात २५.०५ रहेको छ ।