काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ। 

कम्पनीको असोज ९ गते बिहीबार बसेको संचालक समितिको ८१ औं बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीलाई कुल ३१.५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो। 

कम्पनीले १५ प्रतिशत बोनस सेयर र करसहित १६.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

यो कम्पनीको असार मसान्तसम्मको चुक्तापूँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ९१ लाख ८०० रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ५८ हजार ७७९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नुपर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।