काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. १२ करोड १३ लाख ४४ हजार मूल्यबराबरको हकप्रद सेयर आज सोमबारदेखि बिक्री खुला गरेको छ ।

संस्थाले चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १:२ अनुपातमा रु. १०० अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। हकप्रद सेयर निष्कास गरी बाँडफाँड भएपछि संस्थाको चुक्तापुँजी १८ हजार २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।

संस्थामा ७० प्रतिशत संस्थापक सेयरधनी र ३० प्रतिशत सर्वसाधारण सेयरधनी छन् ।

लगानीकर्ताले मंसिर १ गतेसम्म खरिद आवेदन दिन पाउनेछन् । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीए एस क्यापिटल लिमिटेड तोकिएको छ ।