काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ ।

समाजको प्रतिकित्ता रु.१०० दरका २ लाख कित्ता सेयर बिहीबार सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यसै साता समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच मर्जर प्रक्रिया सुरु भएकाले भोलि(सेयर कारोबार हुने आइतबार)बाट दोस्रो बजारमा भने कारोबार नहुने भएको छ ।