काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ खरीदका लागि आवेदन दिएका ५ लाख ३९ हजार ३०० आवेदक रित्तो हात भएका छन् । 

यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएका ५ लाख ४७ हजार ३७० आवेदकमध्ये गोलप्रथाबाट ८ हजार ७० आवेदकले मात्र १० कित्ताको दरले सेयर पाएका हुन् । 

सेयरको निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भदौ ४ गतेदेखि ८ गतेसम्म निश्कासन भएको कुल ८० हजार ७०० कित्ता आइपीओ खरीदका लागि ५ लाख ४७ हजार ९२८ आवेदकबाट १ करोड १४ लाख ७४ हजार ६८० कित्ताको माग गर्दै आवेदन परेको थियो । यसमध्ये ५५८ आवेदन दोहोरो परेकोले रद्ध भएको र उनीहरुले माग गरेको सेयर ९ हजार ७६० कित्ता समेत रद्ध गरिएको थियो । यसपछि कुल १ करोड १४ लाख ६४ हजार ९२० कित्ता सेयर माग भएकोमा अत्यन्त न्यून र भाग्यमानी लगानीकर्ताले मात्र सेयर पाएका हुन् । 

यसरी हेर्दा आइपीओका लागि आवेदन दिएका १.४७ प्रतिशतले मात्र सेयर हात पारेका छन् । 

समाज लघुवित्तले ८६ हजार कित्ता सेयरको सार्वजनिक निश्कासन गरेकोमा ४ हजार ३०० कित्ता म्युचुअल फण्डहरुका लागि र १ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको थियो । बाँकी ८० हजार ७०० कित्ता मात्रै सर्वसाधारणका लागि छुट्याइएको थियो । 

(रिजल्ट केहीबेरपछि)