काठमाण्डौ । समिट एयर(साबिकको गोमा एयर)ले १८ सीट क्षमताको नयाँ जहाज भित्र्याएको छ ।

कम्पनीले एल ४१० यूूभीपीई २० एयरक्राफ्ट नेपाल भित्र्याएको हो । चेकोस्लोभाकियाली जहाज निर्माता कम्पनीमा निर्मित पछिल्लो एयरक्राफ्टसहित कम्पनीको चार वटा जहाज भएको छ। 

दुुईहजार घण्टाभन्दा कम चलेको यो एयरक्राफ्ट अल्जेरियाबाट क्याप्टेन स्टेफन जोलीले उडाएर नेपाल ल्याएका समिट एयरले जनाएको छ । जहाजमा वेदर राडार र अटोपाइलट लगायतका अत्याधुनिक प्रविधि तथा सुविधाहरु छन्।

नेपालको एयरकण्डिसन सुविधा रहेको एयरक्राफ्टले नेपाल नागरिक उड्ययन प्राधिकरणको मापदण्ड पूरा गरेपछि नियमित उडान भर्नेछ । छोटो दुरीका धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने र नयाँ एयरक्राफ्टले पूर्व, पश्चिम र मध्यपश्चिममाका विभिन्न गन्तव्यमा उडान सेवा विस्तार गर्नेछ ।