काठमाण्डौ । समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.३६८४ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको भदौ २४ गते बसेको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयर र नगद लाभांश दिने घोषणा गरेको हो । 

आइतबार यस बिषयमा नेप्सेलाई जानकारी आएको नेप्से पाटीमा प्रकाशित नोटिसमा उल्लेख छ । 

प्रस्तावित बोनस सेयर र नगद लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । 

समीट माइक्रो फाइनान्सको हाल चुक्तापूँजी ५ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ७ करोड २५ लाख पुग्नेछ । 

यो कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ३ करोड ७२ लाख खूद नाफा आर्जन गरेको थियो । 

समीट माइक्रो फाइनान्सले गत वर्ष समेत आर्थिक वर्ष २०७१/७२ को नाफाबाट आफ्ना सेयरधनीलाई ४१.७२३४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।