काठमाण्डौ । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले लगानीकर्तालाई दिने बोनस घटाएको छ । 

यो कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको १६९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २३.५३ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

अघिल्लो वर्ष यो कम्पनीले ३४.४८ प्रतिशत बोनस सेयर र १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

हाल यो कम्पनीको चुक्तापूँजी १७ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस भनेको ४ करोड रुपैयाँ बराबर हो । यसको अर्थ बोनसपछि कम्पनीको चुक्तापूँजी बढेर २१ करोडको उचाईमा पुग्नेछ । 

कम्पनीले कर प्रयोजनका लागि २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ ।

कम्पनीले ०७४/७५ सम्मको सेयर प्रिमियम १ करोड १७ लाख तथा सो अवधिको सञ्चित मुनाफाबाट २ करोड ८२ लाख गरी ४ करोड बराबरको बोनस सेयर वितरण गर्न लागेको हो।

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।