काठमाण्डौ । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडको नाफामा पहिरो गएको छ । यो कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ करोड ७२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड ५२ लाख रहेको थियो । 

समीक्षा अवधिमा कम्पनीको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ५ करोड ७५ लाख रहेको यस्तो आम्दानी घटेर ५ करोड २२ लाखमा सीमित बन्न पुुगेको हो । 

कम्पनीको संचालन नाफामा समेत उस्तै पहिरो गएको छ । अघिल्लो वर्ष ३ करोड ९७ लाख रहेको यस्तो मुनाफा घटेर २ करोड ७० लाखमा सीमित बन्न पुुगेको हो । 

यो अवधिमा समीट माइक्रोफाइनान्सले ५३ करोड ७७ लाख निक्षेप संकलन गरी तथा ८६ करोड ३४ लाख सापटी लिई १ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३८ करोड ७१ लख निक्षेप संकलन तथा ४१ करोड ६३ लाख सापटी लिई ९३ करोड ७९ लाख कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीको रिजर्बकोष समेत खिइएको छ । अघिल्लो वर्ष ७ करोड १० लाख रहेको कोष घटेर ५ करोड ६७ लाखमा सीमित बन्न पुुगेको हो । 

अघिल्लो वर्ष ०.३३ प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर ०.३८ प्रतिशत पुुगेको छ भने ६.८० प्रतिशत रहेको कस्ट अफ फण्ड १०.०२ प्रतिशत पुुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी घटेर १०.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३३.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात १३५.१७ गुणा कायम भएको छ ।