काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाले गत वर्षको यही अवधिको तुलनामा २५.७९ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ७ लाख रुपैयाँमा सीमित थियो ।

प्रथम त्रैमासमा संस्थाको सञ्चालन मुनाफा २ करोड १३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा १ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ४ करोड २३ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष ३ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले ७७ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ६५ करोड ४० रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार १५.६१ प्रतिशतले बढाएको छ । गत वर्ष १० करोड २१ लाख रुपैयाँ रहेको रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर ११ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी १७ करोड रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६.४६ रुपैयाँ रहेको छ भने पीई रेसिया ७८.०४ प्रतिशत रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १५६.२५ रुपैयाँ रहेको छ ।