काठमाण्डौ । वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको कारोबार अब परिवर्तित नाम समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट सुरु हुने भएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असोज १४ गते परिवर्तित नाममा कारोबार सुरु गर्न अनुमति पाएसँगै अब यो फाइनान्सले नयाँ नामबाट कारोबार सुरु गर्ने भएको हो । नाम परिवर्तनका लागि यो फाइनान्सले गत साउन १९ गते नै नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागको स्वीकृति पाएको थियो ।

मकवानपुरको हेटौँडामा मुख्य कार्यालय रहेको यो फाइनान्सले गत असार २१ गते गरेको १६ औँ र १७ औँ वार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गर्ने मुख्य अजेन्डा पारित गरेको थियो । सोहीबमोजिम फाइनान्सले स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो ।

परिवर्तित नामको संस्थाले नै अब साबिकको वर्ल्ड मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नुपर्ने ऋण, धन, कर, दायित्व आदि सकार्ने जनाएको छ ।