काठमाण्डौ । चीनमा बनेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन यही वर्षको अन्त्यसम्म वितरणका लागि बजारमा आउने सक्ने बताइएको छ।

चीनको एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेसन कमिसनले एउटा सोसल मिडियामा पोस्ट गर्दै यस्तो जानकारी गराएको हो। वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्स र बेइजिङ बायोलोजिकल प्रोडक्ट्सले संयुक्त रुपमा तयार पारेको यो भ्याक्सिन हालै २ हजार मानिसमा परीक्षण गरिएको थियो। 

गत मे २९ मा चिनियाँ सोसल मिडिया प्लेटफर्म विचेटमा यस विषयमा एउटा पोस्ट गरिएको थिया। त्यो पोस्टमा भनिएको थियो कि भ्याक्सिन यस वर्षको अन्त्य वा आउँदा सालको सुरुआतसम्म मार्केटमा आउन सक्छ। भ्याक्सिनको अहिले दोस्रो चरणको ट्रायलमा रहेको छ। 

उता रुसका वैज्ञानिकहरुले विकास गरेको भ्याक्सिनको पनि दुई सातापछि क्लिनिकल ट्रायल सुरु हुने भएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसका स्वास्थ्यमन्त्री मिलाइल मुराश्कोले यस्तो खुलासा गरेका हुन्। उनले भनेका छन्, ‘रुसका वैज्ञानिकहरु भ्याक्सिन विकासमा सफल भएका छन्, अबको दुई साताभित्रै यसको क्लिनिकल ट्रायल सुरु हुनेछ।’ – एजेन्सी