काठमाण्डौ । इतिहासकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरिरहेकी छिन् । संघीय संसदको दुवै सदनलाई साक्षी राखेर भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् । 

उनले नेपालका लागि समृद्धि अब मृगतृष्णा मात्र नरहेको उल्लेख गर्दै विकासको युग सुरु भएको बताएकी छिन् । यस्तै, सरकारले शान्ति र स्थिरतालाई विशेष ध्यान दिने र जनताका कानुनी माग पूरा गरिने, तर जोरजुलुम र अराजकता अस्वीकार्य हुने प्रष्ट पारेकी छिन् । 

सरकारले लोकप्रियताका लागि नभई जनताका लागि काम गरेर चाहि लोकप्रियता हासिल गर्ने रणनीति लिइएको प्रष्ट पारेको छ ।

समृद्ध नेपाल र सुखी नेपाली हाम्रो दीर्घकालीन संकल्प हुनेछ । भण्डारीले भनिन् ः १० वर्षभित्र हामी समृद्ध मुलुक बन्नेछौ । 

सबैलाई समान अवसर, समान अधिकार, उत्तिकै सुरक्षा र सम्मानको प्रत्याभूति गरिने समेत उनले बताइन् ।