काठमाण्डौ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाले सरकारले ‘डिजिटल नेपाल’ कार्यक्रम अघि बढाएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र द टाइमस् ग्रुपको साझेदारीमा बिहीबार राजधानीमा आयोजित एकदिने ‘बिजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन’ विषयक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बास्टोकाले डिजिटल ट्रान्सफरमेसनको महत्व दिनानुदिन बढ्दै गएकोले यो सम्मेलन नेपालमा समय सान्दर्भिक भएको बताए। उनले नेपालमा विशेष गरेर शिक्षा, स्वास्थ्य, कृषिलगायतका अन्य विभिन्न क्षेत्रहरुमा डिजिटल ट्रान्सफरमेसन बढावा दिन सरकारले डिजिटल नेपाल कार्यक्रम अघि बढाएको जानकारी गराए। उनले विश्वव्यापीकरणका रुपमा प्रविधि विस्तार भइरह“दा नेपालले पनि डिजिटल ट्रान्सफरमेसनमार्फत दिगो विकासको लक्ष्य लिएको बताए।

कार्यक्रममा महासंघ अध्यक्ष भवानी राणाले आजको समयमा उद्योगधन्दा एवं व्यवसायमा डिजिटल ट्रान्सफरमेसन गर्न नीति÷नियम रणनीति तथा नेतृत्व दक्ष जनशक्तिको विकास गरी सरकार एवं निजी क्षेत्र सूचना प्रविधि व्यवसायलगायत अन्य सरोकारवालाहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिइन्।संघिय प्रतिनिधिमुलक निजी क्षेत्रको छाता संगठन यस महासंघले सूचना तथा संचार प्रविधि विकास समितिमार्फत सरकारलगायत अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरि सूचना प्रविधिको प्रयोगद्धारा मुलुकको सामाजिक, आर्थिक र सा“स्कृतिक विकासका लागि कार्य गर्दै आइरहेको उनले बताइन्।

संघसंगठन एवं व्यक्तिगत जीवनमा प्रविधिबाट हुने फाइदाहरुमा जोड दिंदै सार्क मुलुकहरुको आर्थिक एवं सामाजिक विकासमा डिजिटल ट्रान्सफरमेसनको महत्व दर्शाउने प्रमुख उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनको अर्को सत्र डिजिटल नेपाल भाया डिजिटल ट्रान्सफरमेसन विषयक छलफल सत्रको संयोजन महासंघका सूचना तथा संचार प्रविधि विकास समितिका सभापति ईन्जिनियर विनोद ढकालले गरेका छन् । यस सत्रमा वक्ताहरु सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, एन एम बि बैंकका डिजिटल प्रमुख शिवराज उपाध्याय र अमेजन ईन्टरनेट सर्भिसेसका भारत र सार्क क्षेत्रका प्रमुख चन्द्र बलानी रहेका थिए । सो अवसरमा डिजिटल ट्रान्सफरमेसनको आवश्यकता एवं महत्व, यसका लागि उपलब्ध प्रविधि, सो कार्यान्वयनमा विद्ययमान चुनौतीहरु एवं समाधानका उपायका विषयमा वितृत छलफल गरियो ।

कार्यक्रममा सूचना प्रविधिसंग सम्बन्धित सरकारी निकायका अधिकृतहरु, सूचना प्रविधिजन्य व्यवसायमा आवद्ध व्यवसायीहरु, उद्योगि व्यवसायिहरु, बैंकर्स लगायतको उपस्थिति रहेको थियो ।