काठमाण्डौ । प्रदेश १ सरकारले आफ्ना क्षेत्रका जेष्ठ नागरिकहरुको फुस्किएका दाँतहरु लगाइदिने भएको छ । 

शुक्रबार संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । 

प्रदेशका जेष्ठ नागरिकहरुको अनुहारमा मुस्कान छर्ने उद्देश्यसहित स्थानीय पालिकाहरुसँग सहकार्य गरी प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सबै पालिकाहरुमा संचालन गर्ने घोषणा भएको हो। 

यस्तै, ज्येष्ठ नागरिकहरुको संरक्षणका लागि प्रदेशस्तरीय ज्येष्ठ नागरिक संरक्षण केन्द्र निर्माण कार्य प्रारम्भ गर्ने तथा ज्येष्ठ नागरिक लक्षित दिवा सेवा केन्द्र सञ्चालनलाई प्राथमिकता दिदैं स्थानीय तहसँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा सञ्चालित वृद्धाश्रमहरुको सुदृढीकरण गर्ने समेत घोषणा गरिएको छ । ज्येष्ठ नागरिको ज्ञान सीप र अनुभवको सम्मान गर्दै सुरक्षित र सम्मानित जीवनयापनका लागि विशेष कार्यक्रम संचालन गरिने उल्लेख छ ।