काठमाण्डौ । करिब ३७ वर्षअघि सरकारी स्वामित्वमा खुलेको मारुती सुजुकी कम्पनी अहिले भारतको सबैभन्दा ठूलो गाडी उत्पादन कम्पनीका रुपमा स्थापित भइसकेको छ ।

गत महिना भारतमा टप १० बेस्ट सेलिङ कारको सूचीमा यो कम्पनीका मात्र ८ वटा कार सूचीकृत भएका छन् । कम्पनीको लोकप्रियता जति बढी छ त्यति नै यसको इतिहास पनि रोचक छ ।

मारुती सुुजुुकी कम्पनीको स्थापना सन् १९८२ मा भएको हो । तत्कालीन भारतिय सरकार र जापानको अटो कम्पनी सुुजुुकीबीच ज्वाइन्ट भेन्चरका रुपमा कम्पनी स्थापना भएको थियो । त्यतिबेला भारत सरकारको ७४ प्रतिशत र सुुजुुकीको २६ प्रतिशत हिस्सेदारी थियो ।

पछि सुुजुुकीले २ पटक अतिरिक्त सेयर खरिद गरेर आफ्नो हिस्सेदारी ५० प्रतिशत पुर्याएकोे थियो । सन् १९९२ मा भारत सरकारको सेयर होल्डिङ ५० प्रतिशतभन्दा तल झर्याे र मारुतीलाई निजि कम्पनी घोषणा गरियो ।

यसैगरी सन् २००२ मा सरकारले म्यानेजमेन्ट कन्ट्रोल पनि हस्तान्तरण गर्याे र सन् २००७ मा बाँकी रहेको हिस्सेदारी बेचेर पूूर्ण रुपमा कम्पनीबाट बाहिरियो ।

मारुती सुुजुुकीले सन् २००३ मा प्रतिकित्ता भारु १२५ अंकित आईपीओ ल्याएको थियो । अहिले १६ वर्षपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७ हजार १५० को हाराहारीमा पुगेको छ ।

सन् २०१९ सम्म आइपुग्दा मारुती सुजुकीको प्रतिसेयर मूल्य ५६०० प्रतिशत वृद्धि भएको छ । – एजेन्सी